मंगलबार, असार १८ गते २०८२

नेपालमा सामसङ ग्यालेक्सी बड्स कोर सार्वजनिक – किफायती मूल्यमा प्रिमियम साउन्ड र ग्यालेक्सी एआई

नेपालमा सामसङ ग्यालेक्सी बड्स कोर सार्वजनिक – किफायती मूल्यमा प्रिमियम साउन्ड र ग्यालेक्सी एआई

अखबार दैनिक
मंगलबार, असार १८ २०८२
  • नेपालमा सामसङ ग्यालेक्सी बड्स कोर सार्वजनिक – किफायती मूल्यमा प्रिमियम साउन्ड र ग्यालेक्सी एआई

    नेपालको अग्रणी प्रविधि ब्रान्ड सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन, ग्यालेक्सी बड्स कोर, नेपाली बजारमा सार्वजनिक गरेको छ।

    images

    आज अर्थात जुलाई १ देखि उपलब्ध हुने यी बड्स दैनिक उपयोगका लागि डिजाइन गरिएका सामसङले बताएको छ। उत्कृष्ट साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन र ग्यालेक्सी एआईको इन्टरप्रिटर जस्ता प्रिमियम फिचरहरू भएको यस बड्स मात्र ७ हजार ३९९ रुपैयाँको किफायती मूल्यमा सामसङले उपलब्ध गराएको छ। कालो र सेतो रंगमा उपलब्ध ग्यालेक्सी बड्स कोर नेपालभर सामसङका आधिकारिक बिक्रेताहरूबाट बिक्री हुनेछ।

    कम्प्याक्ट, शक्तिशाली, स्मार्ट
    ग्यालेक्सी बड्स कोरले डायनामिक ड्राइभरहरूको प्रयोग गरी डिप इमर्सिभ साउन्ड तथा शक्तिशाली ब्यास प्रदान गर्दछ। एएनसी र कल न्वाइज रिडक्सनको साथमा, प्रयोगकर्ताहरूले धेरै हल्ला भएको ठाउँमा पनि स्पष्ट सँग कुरा गर्न सक्छन्। तीनवटा माइक प्रणालीले उत्कृष्ट भोकल स्पष्टता सुनिश्चित गर्छ, जसले यी इयरबड्सलाई फोन कल, संगीत, वा मिटिङका लागि एक्दम उपयुक्त बनाउँछ।

    प्रत्येक इयरबडमा सुरक्षित र सहज विङटिप्स छन्, जसले कठिन गतिविधिहरूको क्रममा पनि आरामदायी महसुस गराउँछ।

    ग्यालेक्सी एआई इन्टरप्रिटर – तपाईँको कानमा रियल–टाइम अनुवाद

    यसको प्रमुख फिचरहरू मध्ये एक हो ग्यालेक्सी एआई इन्टरप्रिटर, जसले कुराकानीको क्रममा दुईतर्फी रियल–टाइम अनुवाद प्रदान गर्छ। जुनसुकै भाषामा कुराकानी गरेपनि यस इयरबड्सले त्यसलाई तुरुन्तै अनुवादित उत्तर प्रदान गर्ने सामसङको भनाइ छ।

    दैनिक जीवनका लागि सुविधा सम्पन्न
    - संगीत, कल, र भ्वाइस असिस्टेन्टका लागि टच कन्ट्रोल
    - उपकरणहरूबीच सजिलै स्विच गर्नको लागि अटो स्विच र मल्टि–डिभाइस कनेक्टिभिटी
    - सामसङ फाइन्ड एप मार्फत फाइन्ड माई इयरबड्स
    - आईपी५४ रेटिंगका साथ पानी र धुलो प्रतिरोधी
    - स्थिर र छिटो कनेक्टिभिटीको लागि ब्लुटुथ ५.४
    - चार्जिङ केससहित ३५ घण्टासम्मको ब्याट्री लाईफ (एएनसीको साथमा २० घण्टा)
     
    ग्यालेक्सी बड्स कोरले दैनिक उपयोगिता र नवीनताको मिश्रण गर्दै, उच्चतम् विशेषताहरूलाई किफायती मूल्यमा उपलब्ध गराउँछ।

    उत्पादन विवरण               :        विशेषता   वर्णन
    रंग                                 :       कालो, सेतो
    प्रकार                             :       इन-इयर ट्रू वायरलेस स्टीरियो (TWS)
    माइक्रोफोन                     :       छ, तीन माइक प्रणाली
    कनेक्टिभिटी                    :      ब्लुटुथ ५.४
    न्वाइज क्यान्सिलेसन          :      एक्टिभ न्वाइज क्यान्सिलेसन + कल न्वाइज रिडक्सन
    ग्यालेक्सी एआई फिचरहरू :      इन्टरप्रिटर (रियल-टाइम अनुवाद)
    पानी/धुलो प्रतिरोध             :      IP54
    ब्याट्री लाईफ                    :     ३५ घण्टासम्म (ANC बिना), २० घण्टा (ANCको साथमा)
    उपलब्धता                       :      जुलाई १ देखि सामसङका  आधिकारिक बिक्रेताहरूमा
    मूल्य (MRP)                   :      NPR ७,३९९

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार