काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य बढेको छ । आज बजार ९.१९ अंकले बढेर २६३१.४८ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार बढे पनि सोमबार कारोबार रकम भने घटेको छ । आइतबार ७ अर्ब १२ करोडको कारोबार भएको बजारमा सोमबार ६ अर्ब ३८ करोडको कारोबार भएको छ । सोमबार १४५ कम्पनीको सेयर मुल्य बढेको छ भने १०३ कम्पनीको सेयर मुल्य घटेको छ ।