मंगलबार, साउन १५ गते २०८२

पाटनमा मनाइयो यल पञ्चदान, तस्बिरहरू

पाटनमा मनाइयो यल पञ्चदान, तस्बिरहरू

अखबार दैनिक
बिहीबार , भदौ ७ २०८०
  • पाटनमा मनाइयो यल पञ्चदान, तस्बिरहरू

    ललितपुर । पाटनका बुद्धहरू आफ्नो बिहारबाट निस्किएका छन् । यल पञ्चदान भनिने यो पर्वमा बौद्ध धर्मावलम्वीहरूले दीपंकर बुद्धका पाँच मूर्तिहरूलाई विहारबाट निकाल्ने र नगर परिक्रमा गराउने गरिन्छ । 

    images

    panchadan-(5)_S9QYgSkBNR.jpg

    आजको दिन पाटनमा मनाउने बाहेक भाद्र कृष्ण त्रयोदशीको दिन काठमाडौँ लगायत भक्तपुर, ठिमी, बनेपा, पनौती, र कीर्तिपुर आदि ठाउँहरूमा यो पर्व मनाइन्छ । यस पर्वले बौद्ध दर्शनमा अत्यन्त पवित्र मानिएको दानको महत्त्व दर्साएको छ। बौद्धमार्गीहरूले आर्जन गरेको धन वा आयको केही अंश दानका लागि राख्ने र आजको पर्वमा दान गर्ने प्रचलन रहँदै आएको छ । यसरी आजको दिन दिपंकर बुद्धले पाटनमा दान लिएको सम्झनामा यो पर्व मनाउने चलन चलेको भनिन्छ। 

    panchadan-(7)_S4bVXP9kwJ.jpg

    यस पर्वमा बौद्ध मार्गी नेवारहरूले पञ्चदानको महिमा मनन गर्दै दिपंकर बुद्धको भव्य पूजा गर्ने गर्छन्। सामान्य अर्थमा पञ्चदानको अर्थ पाँच वस्तुको दान हुने भएता पनि त्यसो नभई नेपाल भाषामा पञ्जरा भनिने पञ्च दानको अर्थ ‘पुण्य दान’ हुने गर्छ । नेपाल भाषा अनुसार पञ्जराको अर्थ खीर हुने भएकाले आजको दिन नेवार समुदायले खीर पकाई बुद्धलाई चढाउने चलन समेत रहेको छ । 

    panchadan-(11)_DzQE8PTj4A.jpg

    यही महिनामा सम्पूर्ण नेपालीहरू माझ असारको धान रोपाई सकिएपछि साउन १५ को दिन खीर खाने चलन रहेको छ। यसरी घरमा पाकेको खीर दानको रूपमा बाहेक घर परिवार, नाता गोता, इस्ट मित्र सबैलाई खुवाउने चलन पनि रहेको छ ।

    panchadan-(13)_c96Jzt8Q7s.jpgpanchadan-(23)_zJYgeIVldh.jpgpanchadan-(14)_77SyRYiy81.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ