सोमबार, साउन १४ गते २०८२

सिन्धुलीको गोलाञ्जोरमा एकै परिवारका १६ जना सम्पर्कविहीन

सिन्धुलीको गोलाञ्जोरमा एकै परिवारका १६ जना सम्पर्कविहीन

अखबार दैनिक
सोमबार, साउन १४ २०८२
  • सिन्धुलीको गोलाञ्जोरमा एकै परिवारका १६ जना सम्पर्कविहीन

    सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका-६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन् । वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि बेपत्ता छन् । सीमान्तकृत समुदायको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका परिवारका सदस्य सम्पर्कविहीन भएका हुन् । वडाध्यक्ष श्रेष्ठका अनुसार उर्मिला हायुको घरमा आगो लागेर सामान्य क्षति भएको देखिन्छ भने घर पालुवा जनावर अलपत्र अवस्थामा छन् । उनीहरूको खोजी कार्य भइरहेको वडाध्यक्ष श्रेष्ठले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ