सोमबार, साउन १४ गते २०८२

भाँडा माझ्न मात्रै प्रयोग हुँदैन स्पन्ज स्क्रबर, यी पाँच काम सहज बनाइदिन्छ

भाँडा माझ्न मात्रै प्रयोग हुँदैन स्पन्ज स्क्रबर, यी पाँच काम सहज बनाइदिन्छ

अखबार दैनिक
बिहीबार , साउन ३२ २०८०
  • भाँडा माझ्न मात्रै प्रयोग हुँदैन स्पन्ज स्क्रबर, यी पाँच काम सहज बनाइदिन्छ

    एजेन्सी - भाँडा माझ्नका लागि हामी धेरैजसो स्पन्ज स्क्रबर नै प्रयोग गर्छौँ । त्यसैले धेरैजसो घरमा एकै पटक स्पन्ज स्क्रबर किनेर राख्ने चलन छ । तर स्पन्ज स्क्रबरको प्रयोग भाँडा माझ्नबाहेक अन्य कामका लागि पनि गर्न सकिन्छ । यसले तपाईंको घरको कामलाई सहज बनाउन मद्दत गर्छ । स्पन्ज स्क्रबर प्रयोग गर्ने केही तरिकाबारे जानकारी लिऔँ ।

    images

    एयर फ्रेशनर बनाउनुहोस्
    घरभित्रको दुर्गन्ध हटाउन भाँडा माझ्ने स्पन्जको मद्दत लिन सक्नुहुन्छ । यसका लागि तपाईं स्पन्ज स्क्रबरमा आफूलाई मनपर्ने एसेन्सियल ओयल हालेर यसलाई हावा बढी आउने ठाउँमा राख्नुहोस् । यसो गर्दा घर लामो समयसम्म बास्नादार हुन्छ । वास्तवमा स्पन्जका प्वालले बास्नालाई आफूभित्र धेरै समयसम्म रोकेर राख्न सक्छ ।

    माइक्रोवेभ सफा गर्नुहोस्
    माइक्रोवेभ सफा गर्नका लागि पनि तपाईं स्क्रबरको प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले थोरै पानीमा भिनेगर र कागतीको रस मिसाएर यसमा स्पन्ज स्क्रबरलाई भिजाउनुहोस् । त्यसपछि माइक्रोवेभ अन गरेर स्पन्जलाई केही सेकेन्डका लागि राख्नुहोस् । यसरी माइक्रोवेभमा बाफ बन्नेछ जसका कारण भित्र जमेको फोहोर पग्लिन थाल्नेछ । तर ध्यान राख्नुहोस्, यतिबेला माइक्रोवेभको तापक्रम बढी नहोस् नभए स्पन्ज डढ्नेछ । त्यसपछि माइक्रोवेभ अफ गरेर यसलाई कपडाले सफा गर्नुहोस् ।

    आइस प्याकको रूपमा प्रयोग गर्नुहोस्
    यदि तपाईंको घरमा आइस प्याक छैन भने तपाईं स्पन्ज स्क्रबरको प्रयोग गरेर शरीर सेक्न सक्नुहुन्छ । यसका लागि स्पन्जलाई भिजाएर एउटा जिप लक ब्यागमा राखेर केही घण्टाका लागि फ्रिजरमा राख्नुहोस् । त्यसपछि निकालेर यसलाई सेक्नका लागि प्रयोग गर्न सक्नुहुन्छ । 

    कपडा सुकाउन मद्दत गर्न सक्नुहुन्छ
    वर्षाको मौसममा हत्तपत्त कपडा सुक्दैन । यस्तोमा कपडाबाट ढुसीजस्तो गन्ध आउन थाल्छ । यो समस्यालाई हटाउनका लागि स्पन्ज स्क्रबर प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि भिजेको कपडालाई सुरुमा वासिङ मेसिनको ड्रायरमा हाल्नुहोस् र यसमा तीन चार वटा स्पन्ज राखेर माथिबाट पनि कपडाले छोपिदिनुहोस् । त्यसपछि ड्रायरलाई अन गरेर कपडा सुक्न दिनुहोस् । यसरी स्पन्जले तपाईंको कपडाको पानी सोस्नेछ र लुगा छिट्टै सुक्नेछ । साथै यसको गन्ध पनि हट्नेछ ।

    नङको हेरविचारका लागि पनि प्रयोग गर्न सक्नुहुन्छ
    स्पन्ज स्क्रबरको प्रयोग तपाईं नङ सजाउनका लागि पनि गर्न सक्नुहुन्छ । नङ पालिस हटाउन कपासको साटो स्पन्ज प्रयोग गर्न सक्नुहुन्छ । नङ सफा गरेपछि तपाईंलाई मन लाग्छ भने माथिल्लो भागलाई हल्का स्क्रब पनि गर्न सक्नुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ