काठमाडौं । गैरआवासीय नेपाल संघ ( एनआरएनए ) को केन्द्रीय उपाध्यक्षमा मलेसियाबाट खगेन्द्र न्यौपानेले उम्मेदवारी दिने भएका छन् ।
वर्तमान कार्यसमितिमा सचिवको जिम्मेवारी निर्वाह गरिरहेका न्यौपाने ले अगामी कार्यकालका लागि उपाध्यक्षमा उम्मेदवारी दिने भएका हुन् ।
मलेसिया भ्रमणमा रहेका पत्रकारसँग कुरा गर्दै न्यौपानेले आफुले उपाध्यक्ष पदका लागि तयारी गरिरहेको बताए । अगस्टको अन्त्यमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने उनको भनाइ छ ।
एनआरएनएका अग्रज तथा विभिन्न देशका गैरआवासीय नेपालीको सल्लाह र सुझावका आधारमा आफु उपाध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेको उनले बताए । लामो समयदेखि मलेसियालाई कर्मथलो बनाएका न्यौपानेको एनआरएनए अभियानमा ठुलो योगदान छ ।
मलेसियामा कार्यरत श्रमिकका हकहित र राहत उद्धारमा उनले खेलेको भुमिका प्रशंसनिय छ । एनसीसी मलेसियाको उपाध्यक्षर अध्यक्ष बनेर काम गरिसकेका न्यौपानेसँग आइसीसी सदस्य भएर काम गरेको अनुभव छ ।
यस्तै, संघको एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकको जिम्मेवारी समेत उनले पुरा गरे । संस्थामा लिन होइन दिन जानुपर्छ भन्ने मान्यता राख्ने न्यौपाने मलेसियामा सफल व्यवसायी हुन् । नेपालका विभिन्न क्षेत्रमा उनको लगानी छ ।
न्यौपाने एटी ग्रुप अफ कम्पनी मलेसियाका डाईरेक्टर हुन् । यस्तै, नेपालको बिकास हाइड्रोपावर कम्पनिका र बुढिगन्डकी हाइड्रोपावर सुपर माछाखोलाका अध्यक्ष हुन् ।
उनी ट्राभल व्यवसायमा समेत आबद्ध छन् । स्मार्ट होलीडे प्रालि र ग्रीनलाइन ट्राभल्समा न्यौपाने अध्यक्षको जिम्मेवारीमा छन् । भिनोलिभा हस्पिटालिटि प्रालिको समेत अध्यक्ष हुन् न्यौपाने ।