बिहीबार , वैशाख २० गते २०८१

बेइजिङमा १४० वर्षपछिको भीषण वर्षा 

बेइजिङमा १४० वर्षपछिको भीषण वर्षा 

अखबार दैनिक
बिहीबार , साउन १८ २०८०
  • बेइजिङमा १४० वर्षपछिको भीषण वर्षा 

    बेइजिङ (रासस एएफपी) - चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा १४० वर्षपछि भीषण भएको बेइजिङ मौसम विज्ञान विभागले जनाएकाृ छ । 

    images

    विभागका अनुसार आँधीसहित चाङपिङको बेइजियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४.८ मिलिमिटर वर्षा भएको छ । सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो । 

    राजधानी र आसपासमा क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड  चिनियाँ प्रभावित भएका छन् । वर्षाको यो अभिलेख विगत ४० घण्टाको हो । राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा ९ लाख ७४ हजार ४ सय जना विस्थापित भएका छन् । 

    वर्षामा कमी आएसँगै नदीमा जलस्तर घट्न थालेको छ । अधिकारीहरुले जोखिम सुचक तहबाट पानीको सतह तल झरेको बताएका छन् । साथै उनीहरुले सर्वसाधारणलाई सचेत गराउने चेतावनीका सुचना पनि हटाएका छन् । 


    बाढीपहिरोमा परी कम्तीमा २० जनाको मुत्यु भएको छ, कैयौं घाइते भएका छन् । राजधानीका एक लाख बाढीपीडितलाई उद्धार गरिएको छ भने रेलमा अलपत्र परेका यात्रीलाई हेलिकोप्टबाट खानेकुरा खसाएर सहयोग गरेका थिए । उद्धारका क्रमा मंगलबार बेइजिङमा दुई जनाको मृत्यु भएको बताइएको छ । यसैबीच चिनीयाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटिको संगठन विभागले बेइजिङ ,हेबेई र टियानजिमा बाढीबाट उत्पन्न समस्या समाधान गर्न ६१ करोड ७० लाख अमेरिकी डलर विनियोजन गरेको छ । उक्त रकम केन्द्रीय कमिटीका सदस्यबाट सदस्यता शुल्कबापत संकलन गरीएको हो । संगठन विभागले सदस्यता रकम व्यवस्थापन र कोष संचालन गर्दै आएको छ । विभागले बाढी नियन्त्रण तथा विपद् व्यवस्थापन, पिडित परिवारलाई सहयोग, सर्वसाधारणको जीवन र सम्पत्तिको सुरक्षा, समग्र सामाजिक स्थायित्वको सुनिश्चितताका निम्ति सहायता रकम प्रदान गरेको हो । विभागले पार्टीका सबै तहका कार्यकर्तालाई नागरिक सुरक्षा सुनिश्चित गर्न आग्रह पनि गरेको छ । 

    विभागले अग्रपंत्किमा काममा खटिएका तथा बाढीबाट गम्भीर समस्यामा परेकालाई तत्काल सहयोग हुने गरी कोष विनियोजन गर्नुपर्नेमा जोड दिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ