शुक्रबार, कात्तिक २३ गते २०८२

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल, अन्य पदमा को–को निर्वाचित ? (सूचीसहित)

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल, अन्य पदमा को–को निर्वाचित ? (सूचीसहित)

अखबार दैनिक
आइतबार, साउन १४ २०८०
  • एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल, अन्य पदमा को–को निर्वाचित ? (सूचीसहित)

    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल निर्वाचित भएका छन् । अन्य दुई प्रत्यासी डिलाराम खरेल र देव बहादुर गुरुङलाई पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन् ।

    यस्तै महासचिवमा सन्तोष कुँवर  निर्वाचित भएका छन् । महासचिवमा कुँवरले रोशन घले र उषा किरण बानियाँलाई पराजित गरेका हुन् । 

    यस्तै संघको एनएसडब्लु एससिसि स्टेट कोर्डिनेटरमा विनोद कुँवर  निर्वाचित भएका छन् । यसैगरी कोषाध्यक्षमा अर्जुन गौतम र सहकोषाध्यक्षम रोजी पन्त निर्वाचित भए। 


    यसैबीच नवनिर्वाचित अध्यक्ष पोखरेलले एनआरएनलाई संस्थागतकरण, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, श्रोतको पहुँच, विभिन्न तहका सरकारसँग सम्बन्ध विस्तार लगायतका कुराहरूमा आफूले विशेष जोड दिने बताएका छन् । 

    कुन पदमा को–को  निर्वाचित भए, सूची हेर्नुहोस् 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ