मंगलबार, कात्तिक १३ गते २०८२

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले थाल्यो यात्रुसँग दुई मिनेट कार्यक्रम

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले थाल्यो यात्रुसँग दुई मिनेट कार्यक्रम

अखबार दैनिक
बुधबार, साउन ३ २०८०
  • काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले थाल्यो यात्रुसँग दुई मिनेट कार्यक्रम

    काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आजदेखि साताव्यापी ‘यात्रुसँग दुई मिनेटʼ ट्राफिक चेतनामूलक कार्यक्रम सुरु गरेको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले आज सुनधारास्थित काठमाडौँ मल अगाडि रहेको बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरे । 

    सुरक्षित सडक यात्राका लागि चालक र परिचालकलाई चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले यात्रुको पनि महत्त्वपूर्ण जिम्मेवारी रहने भएकाले यस कार्यक्रमको सुरुवात गरेको जनाएको छ । 

    गाडी पूर्ण रूपमा नरोकिँदै र बस बिसौनीमा नगई जथाभाबी सवारी चढ्ने र ओर्लने, सवारी साधनको झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्ने जस्ता कार्यले  सवारी दुर्घटना हुँदै आएका छन् ।  

    मादक तथा र लागु पदार्थ सेवन गरेर सवारी साधन चलाएको शङ्का लागेमा, सवारी साधनमा बढी भाडा लिएमा तथा दुर्व्यवहार गरेमा र सवारी साधनमा आरक्षण सिटको पालना नगरेमा वा नगराएमा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न पोखरेलले यात्रुलाई अनुरोध गरे । 

    अभियानका क्रममा ट्राफिकसम्बन्धी आधारभूत जानकारी सहितको पर्चा पम्प्लेट यात्रुलाई वितरण गरिएको छ । ट्राफिक जनचेतना अभिवृद्धिका लागि विभिन्न चोकहरूमा ब्यानर समेत प्रदर्शन गरिएको छ । 

    यात्रुको आवत जावत बढी हुने स्थानहरू काठमाडौँका न्युरोड, शान्तीवाटिका, कालीमाटी, कलङ्की, महाराजगन्ज, चाबहिल, गौशाला, कोटेश्वर लगायतका भक्तपुर र ललितपुरका विभिन्न बस बिसौनीमा आगामी १० गते सम्म यो कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार