मंगलबार, मंसिर ४ गते २०८१

सीता दाहालको श्रद्धाञ्जलीमा भावुक बन्यो बालुवाटार

सीता दाहालको श्रद्धाञ्जलीमा भावुक बन्यो बालुवाटार

अखबार दैनिक
मंगलबार, साउन २ २०८०
  • सीता दाहालको श्रद्धाञ्जलीमा भावुक बन्यो बालुवाटार

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । सीताको निधनको सातौँ दिन पारेर प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जली सभा गरिएको हो । 

    images

    कार्यक्रममा सीताको योगदान र जीवनी समेटिएको भिडिओ सामग्री प्रस्तुत गरिएको थियो । सो क्रममा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीता दाहालको निकै शान्त मृत्यु रोजेको बताएका थिए । 

    361314859_3644135949148322_4593923668555445142_n.jpg

    साथै उनले अन्तिम अवस्थामा अस्पतालको आइसीयु वा भेन्टिलेटरमा उनको पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता लागे पनि बाच्दासम्म सीताले अरूलाई पीडा नदिएको बताए ।

    सीताप्रति श्रद्धाञ्जली दिने सबैलाई धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले अस्पतालदेखि पार्टी कार्यालयसम्म र आर्यघाटदेखि बालुवाटारसम्म उनले पाएको सम्मान र श्रद्धाञ्जली उनको त्याग तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान भएको बताए । 

    361619924_102407236263082_3990850527367341303_n.jpg

    श्रद्धाञ्जली सभामा उपराष्ट्रपति, पूर्व उपराष्ट्रपति ,सभामुख, राष्ट्रिय सभा अध्यक्ष,पूर्व प्रधानमन्त्रीहरू, मन्त्रीहरू, कूटनीतिज्ञहरूका साथै समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए । सीता दाहालको ६९ वर्षको उमेरमा गत असार २७ गते निधन भएको थियो । 

    361669513_3507092102866403_3468486233226711099_n.jpg361838303_2083073332030650_7348308729229979518_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार