मंगलबार, मंसिर ४ गते २०८१

संसदको अवरोध खोल्न एमाले तयार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

संसदको अवरोध खोल्न एमाले तयार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

अखबार दैनिक
सोमबार, असार २५ २०८०
  • संसदको अवरोध खोल्न एमाले तयार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

    २५ असार, काठमाडौं । नेकपा एमाले संसदको अवरोध अन्त्य गर्न तयार भएको छ ।

    images

    सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तापछि एमाले संसदको अवरोध खुलाउन तयार भएको हो ।

    तीन नेताको छलफलपछि बसेको एमाले संसदीय दलको बैठकले संसदमा प्रधानमन्त्रीको स्पष्टीकरण सुन्ने र संसदको अवरोध हटाउने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

    एमाले संसदीय दलको बैठकमा ओलीले तीन नेताबीच भएको छलफलबारे जानकारी गराएका थिए । प्रमुख सचेतक गिरीका अनुसार ओलीले संसदमा सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिका विषयमा आत्मालोचना गर्ने र त्यसपछि प्रधानमन्त्रीको सचिवालयबाट सार्वजनिक वक्तव्यप्रति दुख व्यक्त गर्ने जानकारी गराएका थिए ।

    १८ असारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएका थिए । प्रचण्डको उक्त अभिव्यक्तिपछि एमालेले राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ