मंगलबार, मंसिर ४ गते २०८१

कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ, आचार्यलाई आर्थिक मामिला मन्त्रालय

कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ, आचार्यलाई आर्थिक मामिला मन्त्रालय

अखबार दैनिक
आइतबार, असार २४ २०८०
  • कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ, आचार्यलाई आर्थिक मामिला मन्त्रालय

    २४ असार, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् ।

    images

    माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट नियुक्त भएका रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।उनीहरू तीनै जनालाई मुख्यमन्त्री उद्धव थापाले आज  मन्त्री नियुक्त गरेका थिए ।

    आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । अरु भने विनाविभागीय छन् ।

    बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । सो दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक-एक जनालाई मन्त्री नियुक्त भए पनि माओवादी केन्द्र सहभागी भएको थिएन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ