मंगलबार, मंसिर ४ गते २०८१

एसईई नतिजा ४ बजे सार्वजनिक हुने

एसईई नतिजा ४ बजे सार्वजनिक हुने

अखबार दैनिक
बिहीबार , असार २१ २०८०
  • एसईई नतिजा ४ बजे सार्वजनिक हुने

    भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल (नतिजा) ४ बजे प्रकाशन गर्ने भएको छ । परीक्षा बोर्डको बिहीबार बसेको बैठकको निर्णयानुसार नतिजा ४ बजे  सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको छ ।

    images

    बोर्डले २०७९ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा बेवसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन हुने जनाएको छ भने अबको केही समयपछि बेवसाइट, एसएमएस र आईभीआरमार्फत् आफ्नो नतिजा हेर्न सकिने जनाएको छ । नतिजाबारे बोर्डले ४ बजे पत्रकार सम्मेनमार्फत विस्तृत जानकारी दिने जनाएको छ । 

    यसरी हेर्न सकिन्छ नतिजा :
     परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा पनि नतिजा हेर्न सक्ने व्यबस्था गरिएको छ । 

    एसएमएसका लागि १६००, ३१००३, ३४९४९,  ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजा हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ