सोमबार, मंसिर ३ गते २०८१

उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा

उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा

अखबार दैनिक
बुधबार, असार १३ २०८०
  • उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा

    १३ असार, छेन्दु । पाँच दिने चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा आइपुगेका छन् ।

    images

    छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा आज उनलाई सिचुवान जनसरकारका उपमहासचिव सिया ओफङ र यहाँस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले स्वागत गरे । उपप्रधानमन्त्री श्रेष्ठलाई विमानस्थलमा चिनियाँ बालबालिकाले स्वागत गरेका थिए।

    उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटन सत्रलाई विशेष अतिथिका रुपमा सम्बोधन गर्ने र दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र सिचुवान सहरको भ्रमण एवं प्रदर्शनीको अवलोकन गर्ने कार्यक्रम छ।

    उनले शुक्रबार सिचुवान विश्वविद्यालयका नेतृत्वसँग भेटवार्ता गर्नुका साथै त्यहाँ अध्ययनरत विद्यार्थीलाई सम्बोधन मन्तव्य दिनेछन् ।

    उपप्रधानमन्त्री श्रेष्ठले शनिबार भूकम्पपछि पुनःनिर्माण भएको यिन्छियुको र जिपिङस्थित हाइड्रो जक्सनको अवलोकन गर्नेछन् । सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ मङ्गलबार चीन प्रस्थान गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ