सोमबार, मंसिर ३ गते २०८१

वीरगञ्जको बजेट : एक हजार ईंट्टामा १५० रूपैयाँ प्रदूषण कर

वीरगञ्जको बजेट : एक हजार ईंट्टामा १५० रूपैयाँ प्रदूषण कर

अखबार दैनिक
बुधबार, असार ६ २०८०
  • वीरगञ्जको बजेट : एक हजार ईंट्टामा १५० रूपैयाँ प्रदूषण कर

    ६ असार, काठमाडौं । वीरगञ्ज महानगरपालिकाले ईंट्टामा प्रदूषण सेवा शुल्क लिने घोषणा गरेको छ ।

    images

    महानगरका उपप्रमुख इम्तियाज आलमले बुधबार प्रस्तुत गरेको बजेटमा महानगरभित्र सञ्चालित ईंट्टा उद्योगले उत्पादन गर्ने प्रति ईंट्टामा १५ पैसा प्रदूषण सेवा शुल्क लिने घोषणा गरेका हुन् ।

    वीरगञ्ज महानगरले स्वास्थ्यका लागि हानिकारक रक्सी, गुटखा, तम्बाखु उद्योगलाई थप ५० प्रतिशत व्यवसाय कर लगाउने भएको छ ।

    आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएको महानगरले व्यवसाय कर वृद्धि गरेको हो। फलाम, सिमेन्ट, जङ्‍कफूड, पेन्टस र ईंट्टा उद्योगलाई व्यवसाय करमा ५० प्रतिशत थप गरी लिने व्यवस्था बजेटले गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ