सोमबार, मंसिर ३ गते २०८१

ब्याडमिन्टन कोर्टमा ओर्लंदै राजनीतिकर्मी

ब्याडमिन्टन कोर्टमा ओर्लंदै राजनीतिकर्मी

अखबार दैनिक
बुधबार, असार ६ २०८०
  • ब्याडमिन्टन कोर्टमा ओर्लंदै राजनीतिकर्मी

    काठमाडौँ । स्वर्गीय मदन भण्डारीको सम्झनामा उनको जन्मोत्सवको अवसर पारेर राजनीतिककर्मीबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगितामा डबल्स स्पर्धामात्र समावेश गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी एमोलको भातृ संस्था नेपाल खेलकुद महासंघको आयोजना तथा नेकोस–राष्ट्रिय ब्याडमिन्टन संघको ब्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो । राजनीतिककर्मीलाई खेलकुद मैदानसम्म डोर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले दिए ।

    images

    ‘राजनीतिकर्मीलाई खेलकुद सबैको साझा थलो हो, यसमा जात, धर्म, बादजस्ता कुराको प्रभाव हुँदैन भन्ने देखाउन यो प्रतियोगिता आयोजना गर्न लागेका हौँ,’ श्रेष्ठले भने, ‘खेलकुद क्षेत्र निष्पक्ष र अनुशासित हुन्छ । खेलकुदमा सम्मानपूर्वक हारजित स्वीकार गरिन्छ भन्ने कुरा पनि हाम्रा राजनीतिज्ञलाई देखाउनु आवश्यक छ ।’ ललितपुरस्थित रिभाइभ लिजर पार्कमा आयोजना हुने उक्त प्रतियोगितामा मन्त्री, पूर्वमन्त्री, प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभाका सांसद एवं पूर्वसांसदहरुको सहभागिता रहने जानकारी पनि अध्यक्ष श्रेष्ठले दिए । प्रतियोगिता असार १८ देखि २० गतेसम्म सञ्चालन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ