काठमाडौं : क्रिकेट विश्वकप छनोट अन्तर्गतको जिम्बावे विरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ। जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा घरेलु टोलीले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो।
सुरुवाती ब्याटिङमा उत्रिएको नेपालले पहिलो र दोस्रो ओभरमा रन नै जोड्न सकेन। तेस्रो ओभरबाट नेपालले रन बनाउन सुरु गरेको थियो।
यसपछि भने ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो साझेदारी बनाउन सफल भए।
यसक्रममा भुर्तेलले अर्धशतक प्रहार गरेका छन्। ६३ बलमा ८ चौकाको मद्दतले अर्धशतक प्रहार गरेका हुन्।
भुर्तेलको यो छैटौँ एकदिवसीय अर्धशतक हो। नेपालका लागि आशिफ शेख र रोहित कुमार पौडेलले समान ८ वटा अर्धशतक बनाउँदा ज्ञानेन्द्र मल्लले ७ वटा अर्धशतक बनाएका छन्।
नेपालको प्लेइङ ११
कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलसन कुमार झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने