आइतबार, वैशाख ८ गते २०८२

डिजिटल बैंकिङ सम्बन्धि एकदिने कार्यशाला गोष्ठि सम्पन्न

डिजिटल बैंकिङ सम्बन्धि एकदिने कार्यशाला गोष्ठि सम्पन्न

अखबार दैनिक
आइतबार, असार ३ २०८०
  • डिजिटल बैंकिङ सम्बन्धि एकदिने कार्यशाला गोष्ठि सम्पन्न

    काठमाडौं- फिनटेक सेन्टर नेपालले विभिन्न बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कार्यकारीहरूलाई  असार १ गते  शुक्रबार आर्यन बुटिक होटल काठमाडौंमा डिजिटल बैंकिङ सम्बन्धि वर्कशप कार्यशाला गोष्ठि सम्पन्न गरेको छ।

    images

    सो कार्यशालाका स्रोत व्यक्तिको रूपमा आईटी विज्ञ तथा डिजिटल इन्टरप्राइज आर्किटेक्ट श्री विवेक राणाज्यू हुनुहुन्थ्यो  । उहाँको कार्यपत्र प्रस्तुतिकरण अनुसार नेपालमा डिजिटल बैंकिङमा कसरी सहज सरल र अझ विश्वसनीय ढंगले सुविधा प्रदान गर्न सकिन्छ भन्नेमा केन्द्रित थियो । प्रथम सत्रमा डिजिटल बैंकिङ् ड्राइभर र डिजिटल इको सिस्टम इन नेपाल सम्बन्धी प्रस्तुतिकरण, दोस्रो सत्रमा डिजिटल स्ट्राटिजिज र डिजिटल बैकिङ् सम्बन्धी परिचय तथा अवधारणा प्रस्तुतिकरण, तेस्रो सत्रमा  सेटिङ् अप डिजिटल बैकिङ् प्रस्तुतिकरण साथै डिजिटल बैकिङ सम्बन्धी केश स्टडिज र सहभागीहरुबाट प्रस्तुतिकरण रहेको थियो । सो एकदिने कार्यशाला बिहान ९ बजेदेखि दिउँसो ५:३० बजेसम्म सञ्चालन भएको थियो। 

    Banner - Digital Banking.jpg

    डिजिटल बैंकिङ रणनीति र अवसर बारे वृहत एकदिने सो डिजिटल बैंकिङ कार्यशाला नेपालमै पहिलो पटक आयोजना भएको आयोजक तथा फिनटेक सेन्टर नेपालका अध्यक्ष श्री मिलन राज नेपालीले जानकारी दिनुभयो ।

    नेपालीका अनुसार वर्कशपमा बैंक तथा वित्तीय संस्थाका कार्यकारी, विभाग प्रमुख, वरिष्ठ प्रबन्धक र डिजिटल बैंकिङमा चासो राख्ने भेन्डर तथा परामर्शदाताहरुको उल्लेखनीय सहभागीता रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ