सोमबार, मंसिर ३ गते २०८१

केएफसी र पिज्जा हटका फास्ट फुडहरू विदेशमै बसेर अर्डर गर्न मिल्नेगरी सम्झौता पत्रमा हस्ताक्षर

केएफसी र पिज्जा हटका फास्ट फुडहरू विदेशमै बसेर अर्डर गर्न मिल्नेगरी सम्झौता पत्रमा हस्ताक्षर

अखबार दैनिक
बुधबार, जेठ ३१ २०८०
  • केएफसी र पिज्जा हटका फास्ट फुडहरू विदेशमै बसेर अर्डर गर्न मिल्नेगरी सम्झौता पत्रमा हस्ताक्षर

    काठमाडौँ । हाम्रो गिफ्ट्सले सेवालाई थप विस्तार गरेको छ । जसअनुसार सेवालाई विश्वसनीय बनाउँदै देवयानी इन्टरनेशनल नेपालसँग सहकार्य गरेको छ । यसले  विश्वभर छरिएर बसेका नेपालीले नेपालमा रहेका आफ्ना प्रियजनहरूलाई उपहार पठाउन सक्ने जनाइएको छ । देवयानी इन्टरनेशनलले नेपालमा भएका केएफसी (KFC) र पिज्जा हट (Pizza Hut) का फास्ट फुडहरू सञ्चालन गर्दै आएको छ। 

    images

    यसै प्रक्रिया अनुरूप देवयानी इन्टरनेशनल र हाम्रो गिफ्टले पारस्परिक रूपमा लाभदायक कार्य सम्बन्ध स्थापना गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यो साझेदारी पश्चात् विदेशमा रहेका नेपालीहरूले आफ्ना प्रियजनहरूलाई के.एफ.सी. (KFC) र पिज्जा हट (Pizza Hut) का परिकारहरू हाम्रो गिफ्टको नेटवर्क मार्फत पठाउन सक्नेछन् । यस साझेदारीबाट विदेशमा रहेका नेपाली नागरिकहरूलाई नेपालमा रहेका आफ्ना प्रियजनहरूसँग अझ नजिक बनाउने विश्वास लिइएको छ । 

    “यस प्लेटफर्मले नेपाल बाहिर बसोबास गर्ने व्यक्तिहरूले आफ्ना आफन्तसँगको भौतिक दूरीलाई कम गरी अझ मजबुत बनाउने ब्यहोरा देवयानी इन्टरनेशनल नेपालका प्रमुख वित्तीय अधिकृत रितुराज शाहले बताए । “यस सहकार्यले हामीलाई छिटो र भरपर्दो डेलिभरी सेवाहरू सुनिश्चित गरेर हाम्रा ग्राहकहरूलाई अझ बढी आनन्दको बातावरण रचना गर्नेछ र यो रणनीतिक गठबन्धनले बजारमा हाम्रो स्थिति बलियो बनाउने र विश्वव्यापी रूपमा नेपाली समुदायको सेवा गर्ने हाम्रो प्रतिबद्धतालाई बलियो बनाउनेछ “ हाम्रो गिफ्ट्सका निर्देशक मनिषमान महर्जनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार