मंगलबार, जेठ ८ गते २०८१

आचार्यले भने आँखाको मन्दिर तिलगङ्गा, दृष्टिका देवता डा . सन्दूक रुइत

आचार्यले भने आँखाको मन्दिर तिलगङ्गा, दृष्टिका देवता डा . सन्दूक रुइत

अखबार दैनिक
सोमबार, जेठ २९ २०८०
  • आचार्यले भने आँखाको मन्दिर तिलगङ्गा, दृष्टिका देवता डा . सन्दूक रुइत

    हरिवंश आचार्य 
    आँखा दान, महादान, तिलगङ्गा आँखा अस्पतालको एक कार्यक्रममा बोल्दै कलाकार हरिवंश आचार्यले भन्नु भयो, "यहाँबाट केहि पर पशुपति र गुहेश्वरी मन्दिर छ र त्यहाँ सबैको आस्था छ, र यहाँ रहेको आँखाको मन्दिर तिलगङ्गा हो र यो मन्दिर भित्र संसारले मानेका दृष्टिका देवता डा. सन्दूक रुइत छ्न, जसले संसार भरका लाखौ भन्दा धेरै जनालाई आँखाको ज्योती दिएर संसार देखाई सक्नु भएको छ। यो मन्दिर बनाउनमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुहुने डाक्टर प्रति साथै अस्पतालका सम्पुर्ण टिम प्रति मेरो सम्मान छ। 

    images

    यो आँखा दान अभियानमा मेरो पनि आत्मीयता रहेको छ। ११ वर्ष अगाडी मेरी स्वर्गीय श्रीमति मीराको पनि आँखा दान गरिएको थियो। अहिले दान गरिएको उनको आँखाको कारण ४ जना दृष्टिविहिनहरुले संसार देख्न पाएका छन्। कुनै दृष्टिविहिनलाई आँखा दान दिएर उसको जीवनमा खुसी ल्याउन सकिन्छ भने यो भन्दा पुण्य काम अरु कुनै हुदैन। त्यसैले तपाईं पनि आफ्नो आँखादान अभियानमा जोडिनुहोस्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार