आइतबार, मंसिर २ गते २०८१

राजनीतिलाई सफा नगरी देश परिवर्तन सम्भव छैन : गृहमन्त्री श्रेष्ठ

राजनीतिलाई सफा नगरी देश परिवर्तन सम्भव छैन : गृहमन्त्री श्रेष्ठ

अखबार दैनिक
आइतबार, जेठ २८ २०८०
  • राजनीतिलाई सफा नगरी देश परिवर्तन सम्भव छैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरीकन देश परिवर्तन गर्न नसकिने बताए । 

    images

    आइतबार काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र नभएका कारण देश पछि रह्यो भनेर आन्दोलन गरी लोकतन्त्र स्थापित गरेपनि नागरिकले चाहेको आवश्यकता पूर्ति गर्न नसकिएको उल्लेख गरे ।  

    मन्त्री श्रेष्ठले राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने जिम्मा लिएका नेतृत्वको कमजोरीका कारण यस्तो समस्या भोग्नुपरेको बताए । राजनीतिबाट भागेर लोकतन्त्रको रक्षा गर्न र उपलब्धि बचाउन नसकिने भन्दै राजनीतिमै रहेर देश परिवर्तन गर्न सकिने उनले स्पष्ट पारे । 

    मन्त्री श्रेष्ठले १२ कक्षा पास गरिसकेपछि विदेश जाने क्रम नेपालका लागि संस्कृति जस्तो बन्न थालेको उल्लेख गरे । विकास र विज्ञानलाई मिसाएर नेपालको संस्कृतिको रक्षा गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ