काठमाडौं : एनएमबि बैंक लि. र दराज नेपालबीच दराज नेपालका बिक्रेताहरूलाई बिना धितो विद्युतीय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ।
विशेष गरी बैंकिङ पहुँच कम भएका, उत्पादनशील उद्यमसँग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीहरूलाई दराज नेपालसँगको कारोबारको आधारमा ५ लाखसम्मको चालु पुँजी कर्जा प्रदान गर्ने उद्देश्यअनुसार गरिएको सम्झौतापत्र एनएमबि बैंक लि.को तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र दराज नेपालको तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले आदानप्रदान गरेका थिए।
सो सम्झौताको बारेमा बोल्दै बैंकका अधिकृत गोविन्द घिमिरेले अर्थतन्त्रको वास्तविक क्षेत्र तथा डिजिटलाइजेसनलाई प्राथमिकता दिइरहेका र यस कर्जामार्फत ग्राहकहरूले अनलाइनमार्फत आवेदन दिएको केही मिनेटभित्रै कर्जा उपलब्ध गराउने प्रविधिको विकास गरेको बताए।
यस कर्जा कागजरहित, झंझटरहित र छिटोछरितो रूपमा डिजिटल रूपमा प्राप्त हुने भएकोले नेपाल सरकारले लिएको डिजिटल नेपालको अभियानमा बैंकले लिएको यो प्रयास कोशेढुंगा सावित बैंकले विश्वास लिएको उनले बताए।