आइतबार, मंसिर २ गते २०८१

‘सरकारको कर नीति गरिबमारा छ, अब सास फेरेको पनि कर लगाउन सक्छ’

‘सरकारको कर नीति गरिबमारा छ, अब सास फेरेको पनि कर लगाउन सक्छ’

अखबार दैनिक
बुधबार, जेठ २४ २०८०
  • ‘सरकारको कर नीति गरिबमारा छ, अब सास फेरेको पनि कर लगाउन सक्छ’

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत् ल्याएको कर नीतिको सशक्त ढंगले विरोध गर्ने बताएकी छिन्।

    images


    बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले गरिवलाई झन् गरिब बनाउने गरी सरकारले कर नीति ल्याएको जिकिर गर्दै त्यसको विरोधमा आफूहरूले संसद बैठकसमेत अवरुद्ध गर्न सक्ने चेतावनी दिइन्।

    सांसद श्रेष्ठले दैनिक उपभोग्य खाद्यन्नमा समेत सरकारले १३ प्रतिशत कर लिने नीति लिएकोमा आपत्ति जनाउँदै सो नीति स्वीकार्य नहुने बताए। उनले गरिब किसानलाई राहत दिने कार्यक्रम बजेटमा के छ ?भनि  अर्थमन्त्री डा. प्रकाशशरण महतलाई प्रश्न समेत गरे।

    ‘गरिबलाई कर थोपर्ने काम भयो । करको नियम कस्तो बनाएका छौं भने गरिब झन् गरिब बनाउने, अनि कुपोषण निवारणको ठूलठूला कुरा गर्ने ? गरिबहरुको कथा सुनाउने दातृ संस्थाहरूलाई । गरिबलाई यसमा लेखिएको करले कसरी सहुलियत दिन्छ भनेर प्रक्षेपण देखाउनुस् । अब त कस्तो भयो भने आफूले टार्गेट गरेको कर उठेन भने अर्को वर्ष तपाईँले सासमा पनि कर लगाउनु हुन्छ । उनले भनिन्,‘हरेक सासको कति मोल लिनुहुन्छ ? यो सदन पटकपटक राजनीतिक हिसाबले रोकिएको छ । जनताको लागि अब हामी रोक्छौं । यस्तो गरिबहरूलाई बढी गरिब बनाउने कर स्वीकार्य छैन। यसको विरोध गर्छौ ।’

    सांसद श्रेष्ठले गरिबीलाई देखाएर दातृ निकायबाट बजेट ल्याउने र उनीहरूलाई मारमा पार्ने काम हुनै नसक्ने बताए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ