शनिबार, मंसिर ८ गते २०८१

ओडिशा विमान दुर्घटनाको मुख्य कारण थाहा भयो : रेलमन्त्री अश्विनी वैष्णव

ओडिशा विमान दुर्घटनाको मुख्य कारण थाहा भयो : रेलमन्त्री अश्विनी वैष्णव

अखबार दैनिक
आइतबार, जेठ २१ २०८०
  • ओडिशा विमान दुर्घटनाको मुख्य कारण थाहा भयो : रेलमन्त्री अश्विनी वैष्णव

    एजेन्सी - भारतका रेल मन्त्री अश्विनी वैष्णवले ओडिशाको बालासोरमा भएको विमान दुर्घटनाको अनुसन्धान पूरा भएको र यसको मुख्य कारणबारे पत्ता लागेको बताएका छन् ।

    images

    रात भरी मर्मतको कामको निगरानी गरिरहेका रेलमन्त्रीले आइतबार बिहान मिडियासँगको कुराकानीमा यसबारे जानकारी दिएका हुन् ।

    उनले रात भरी एउटा लिकको मर्मत पूरा भएको बताए । उनले भने, ‘सोधपुछ पुरा भइसकेको छ । कमिस्नर (रेल सेफ्टी) ले आफ्नो पूरा इन्क्वायरी रिपोर्ट छिट्टै सुम्पिनेछन् । यो रिपोर्ट आएपछि सबै तथ्यबारे थाहा हुनेछ तर यति भयानक दुर्घटनाको मुख्य कारण भने पत्ता लागिसकेको छ ।’

    बालासोर दुर्घटनामा हालसम्म २८८ जनाको मृत्यु भइसकेको छ ।

    रेलमन्त्रीले बुधवार बिहानसम्म रेलको आवतजावत पूर्ण रूपमा बहाल गर्ने कोसिस भएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ