आइतबार, मंसिर २ गते २०८१

जेठ १७ देखि प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला हुने

जेठ १७ देखि प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला हुने

अखबार दैनिक
सोमबार, जेठ १५ २०८०
  • जेठ १७ देखि प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला हुने

    काठमाडौँ । यहि जेठ १७ गतेदेखि ललितपुरमा प्रथम जुत्ता चप्पल व्यापार मेला सुरु हुने भएको छ । ‘नेपाली उत्पादनको प्रवर्द्धन, हाम्रो अभियान’ भन्ने नारासहित असार १७ गतेसम्म चल्ने गरी व्यापार मेला आयोजना हुने भएको हो ।

    images

    एक महिनासम्म चल्ने मेला जाउलाखेल खेल मैदानमा हुनेछ । मेलाले आर्थिक मन्दीतर्फ उन्मुख नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउन सहयोग पुग्ने तथा जुत्ता र चप्पलको उत्पादन र बिक्री वितरणमा जोड दिने अपेक्षा आयोजकको छ । फुटवेयर क्षेत्रका वारेमा धेरै चर्चा, परिचर्चा, छलफल र बहसहरु निरन्तर भइरहेको आयोजकको भनाई छ । फुटवेयर क्षेत्र जुत्ता चप्पलको क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन सक्षम रहेको समेत बताइएको छ ।

    एक महिनासम्म चल्ने मेला बिहान ९ देखि बेलुका ७ बजेसम्म चल्ने बताइएको छ । मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डहरुको सहभागीता रहनेछ । मेलामा झण्डै २ दर्जन कम्पनीहरुको सहभागिता रहेन आयोजकले बताएको छ । मेलामा नेपाली उत्पादकको मूल्य २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहने बताइएको छ भने मेला अवधिभरमा ५ करोडको कारोबार गर्ने लक्ष्य लिइएको मेला संयोजक दिवाकर गिरीले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ