आइतबार, मंसिर २ गते २०८१

‘प्रधानमन्त्री र गृहमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो, कहाँ गएर चेक गर्ने?’

‘प्रधानमन्त्री र गृहमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो, कहाँ गएर चेक गर्ने?’

अखबार दैनिक
बुधबार, जेठ १० २०८०
  • ‘प्रधानमन्त्री र गृहमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो, कहाँ गएर चेक गर्ने?’

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई बयानमा नबोलाइएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीमाथि प्रश्न उठाएका छन्। 

    images


    बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूलाई नबोलाइएकोमा आपत्ति जनाउँदै उच्च पदस्थलाई आरोप लाग्दा सोधपुछसमेत नगरिएकोमा आपत्ति जनाएका हुन्।

    ‘गृहमन्त्रीले मुटु दह्रो छ, प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो, उहाँको मुट कहाँ गएर चेक गर्ने? हाम्रा हकमा बयान दिन आउँछु भन्दाभन्दै धरकपड गरेर लिएर गएको इतिहास छ, न्युजरुमबाट समातिएको मान्छे म यहीँ छु। एकपटक सोधपुछका लागि बोलाउन नहुने को हो उहाँहरू? यो गम्भीर विषय छ। हरेक नाम आएका व्यक्तिसँग सोधपुछ गर्नुपर्‍यो। कारबाहीको दायरमा ल्याउनुपर्‍यो,’ उनले भने। 

    सभापति लामिछानेले तीन दलका नेताहरुले खुसुरखुसुर छलफल गर्दा नै शंका उत्पन्न भएकोले राज्यका अनुसन्धान निकायदेखि उच्च तहसम्मको विश्वसनीयता नै समाप्त भएको बताए ।

    ‘तीन दलका नेताले खुसुरखुसुर गर्दा हामीलाई शंका लागिरहेको थियो । आज त राज्यका निकायहरु, अनुसन्धान निकायहरुमै प्रश्न उठिरहेको छ। यो कुनै अँध्यारो कोठामा वा गल्लीमा भएको कुरा पनि होइन । खुलेयाम बालुवाटार र सिंहदरबारमा पैसा बुझेको कुरा आइरहेको छ,’ उनले भने। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार