आइतबार, मंसिर २ गते २०८१

सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ छ : प्रधानमन्त्री

सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ छ : प्रधानमन्त्री

प्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउँदै नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमालको नेतृत्वको प्रतिनिधि मण्डल । 

अखबार दैनिक
बुधबार, जेठ १० २०८०
  • सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ छ : प्रधानमन्त्री

    जेठ १० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसङ्ख्यक सिमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताउनुभएको छ ।

    images

    नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमालको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘म कुमाल समुदायसहित नेपालका सबै अल्पसङ्ख्यक सिमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा छु । सानो सङ्ख्यामा रहेपनि नेपालको सामाजिक र राजनैतिक परिवर्तनमा कुमाल समुदायको महत्त्वपूर्ण भूमिका रहेको छ । यो समुदायको इतिहास, संस्कृति र महत्त्व धेरै ठूलो छ ।’’

    उहाँले सबै अल्पसङ्ख्यक सिमान्तकृत समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन आफूले विगतदेखि नै संघर्ष गरेको उल्लेख गर्दै ती समुदायको विकास, समृद्धि, हित र मुद्धाप्रति सरकार दृढ रहेको बताउनुभयो ।

    प्रधामन्त्रीसँगको भेटमा संविधानसभा सदस्य ज्ञानेन्द्र कुमाल, कुमाल मुक्ति मोर्चाका अध्यक्ष कञ्चन कुमाल, आदिवासी जनजाति महासंघका उपाध्यक्ष श्रुति कुमाल लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार