मंगलबार, जेठ ८ गते २०८१

मण्डलामा ‘बुद्ध र भिखारी’ मञ्चन हुने

मण्डलामा ‘बुद्ध र भिखारी’ मञ्चन हुने

अखबार दैनिक
मंगलबार, जेठ ९ २०८०
  • मण्डलामा ‘बुद्ध र भिखारी’ मञ्चन हुने

    काठमाडौँ । थापागाँउस्थित मण्डला नाटक घरमा ज्येष्ठ १६ देखि ३२ गतेसम्म नाटक ‘बुद्ध र भिखारी’ मञ्चन हुने भएको छ ।

    images

    चुलाचुली थिएटरको प्रस्तुति रहेको नाटकलाई चेतन आङ्थुपोले नाट्य रूपान्तरण तथा अनुवाद गरेका हुन्, भने परिकल्पना तथा निर्देशन अनिल सुब्बाको रहेको थियो ।

    नेपाली पौराणिक लोककथालाई नाट्यरुपान्तरण गरि ‘स्याडो प्ले’ मार्फत नाटक मञ्चन गरिने निर्देशक सुब्बा बताउँछन् । करिब १ घण्टाको अनुमानित समय राखिएको यश नाटक सोमबार बाहेक हरेक दिन बेलुका ५ बजेदेखि र अतिरिक्त शो शनिबार दिउँसो १ बजे मञ्चन हुनेछ ।

    नाटकमा वेदना राई, प्रतिना राई, रमिता राई, रुपेश लामा,गणेश ताण्डव, नवीन चन्द्र अर्याल, सुनिल तामाङ, सौजन सेनेहाङ लिम्बु, सञ्जीव योगी, मनिष मगर, मोहन राईको अभिनय रहनेछ ।

    आफ्नो झुपडीमा मुसाहरूले दिएको दुख बाट दिक्क भएर भाग र भाग्यको अर्थ खोज्दै बुद्ध खोज्न निस्किएको भिखारीले यात्राभरि गरेको सङ्घर्ष र रमाइलो पलहरूलाई नाटकमा देख्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार