शनिबार, मंसिर १ गते २०८१

भ्रष्टाचारको विरोधमा आज राप्रपाले पनि प्रदर्शन गर्ने

भ्रष्टाचारको विरोधमा आज राप्रपाले पनि प्रदर्शन गर्ने

अखबार दैनिक
बिहीबार , जेठ ४ २०८०
  • भ्रष्टाचारको विरोधमा आज राप्रपाले पनि प्रदर्शन गर्ने

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारको विरोधमा आज प्रदर्शन गर्ने भएको छ ।

    images

    नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाही प्रक्रिया चलिरहेको बेला सो अनुसन्धानलाई प्रभावकारिता बनाउन राप्रपाले प्रदर्शन गर्न लागेको हो । 

    राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रका अनुसार वसन्तपुरमा आज दिनको १ बजे प्रदर्शन गरिनेछ ।  यसैगरी, निजामती कर्मचारी आबद्ध कुनै पनि सङ्गठन नबनाउने पनि राप्रपाले निर्णय लिएको छ ।

    'अब भ्रष्टाचारका सबै स्रोतहरू नै बन्द गरौँ, त्यसैले राप्रपाले सरकारी वेतनधारीको भातृ सङ्गठन नबनाउने निर्णय गरेको छ,’ उनले भने । उनका अनुसार एउटा सरकारी कार्यालयमा ७ वटा युनियनको बोर्ड झुन्डाएर सन्सारमा कुनै देशले प्रगति गरेको छैन।सरकारी वेतनधारीको भातृ सङ्गठन जघन्य अपराध रहेको उनको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार