बयान गर्न इन्कार गरेपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा फिर्ता गरिएको छ । डिएसपीको कार्यकक्षमा उनलाई बेड व्यवस्था गरिएको छ । उनी बस्ने कोठामा रेखदेख गर्न एकजना प्रहरी खटाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।
खाणको बयान मंगलबार फेरि गराउने प्रहरीको तयारी छ । शरणार्थी प्रकरणमा संलग्न आरोपी पूर्व सांसद आङ्टावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । शरणार्थी प्रकरणमा थुनामा पर्नेको सङ्ख्या १४ पुगेको छ ।