शनिबार, मंसिर १ गते २०८१

यात्रीले पायो पहिलो नम्बर प्लेट, ‘बागमती प्रदेश ०२–०४३ प ८६५०’

यात्रीले पायो पहिलो नम्बर प्लेट, ‘बागमती प्रदेश ०२–०४३ प ८६५०’

अखबार दैनिक
मंगलबार, जेठ २ २०८०
  • यात्रीले पायो पहिलो नम्बर प्लेट, ‘बागमती प्रदेश ०२–०४३ प ८६५०’

    काठमाडौं । नेपालको पहिलो विद्युतीय मोटरसाइकल यात्रीले नम्बर प्लेट पाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०६० को संशोधन तथा नयाँ व्यवस्था थप गरेसँगै यात्रीले पहिलोपटक नम्बर प्लेट पाएको हो । 

    images

    सोमबार (जेठ १ गते) यात्री डिजाइन स्टुडियो प्रा।लि।को नाममा पहिलो नम्बर प्लेट ‘बागमती प्रदेश ०२(०४३ प ८६५० जारी भएको छ । बागमती प्रदेश यातायात कार्यालय गुर्जुधाराबाट यात्रीका लागि पहिलो नम्बर प्लेट जारी भएको हो । 

    yatri1_FhQyPL4WmV.webp

    पहिलो नम्बर प्लेट कम्पनीकै नाममा जारी भएकोमा अब क्रमशः विक्री भएका मोटरसाइकलहरुको समेत दर्ता हुने र नम्बर प्लेट दिने कम्पनीका इन्जिनियर ठाकुर पौडेलले  जानकारी दिए ।  यसअघि नम्बर प्लेट नपाउदा यात्री मोटरसाइकलले आधिकारिकता पाएको थिएन भने सडकमा ट्राफिक प्रहरीबाट हैरानी खेप्नुपरिरहेको थियो  । सन् २०१७ मा कम्पनी स्थापना गरि २०२१ देखि मोटरसाइकल उत्पादन थालेको कम्पनीले पहिलोपटक आधिकारिकता पाएको छ । 

    यसलगत्तै सरकार बाध्य भएर सवारी तथा यातायात व्यवस्था नियमावली परिमार्जन गर्दै स्वदेशी उत्पादनका सवारी साधनलाई समेत नम्बर प्लेट दिन बाध्य भएको हो । यद्यपि, तत्कालका नियमावली संशोधन गरेर बाटो खोलेको सरकारले ३० वर्ष पुरानो सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई नै संशोधन गर्न आवश्यक छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार