शनिबार, मंसिर १ गते २०८१

संसदमा राप्रपाको नाराबाजी

संसदमा राप्रपाको नाराबाजी

अखबार दैनिक
बुधबार, वैशाख २७ २०८०
  • संसदमा राप्रपाको नाराबाजी

    २७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफूहरुले संसदमा बोल्न नपाएको गुनासो गरेका छन् । बुधबार बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरे ।

    images

    सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको बताए ।

    ‘हामी संसदमा बोल्न पाउँदैनौं भने कहाँ गएर बोल्ने ?’ राप्रपाका सांसद दिपक सिंहले प्रश्न गरे ।


    राप्रपा सांसदले पटक पटक समय माग्दा पनि सभामुखले समय नदिएर स‌ंसदको नियमित कामकारबाही अघि बढाउन खोजेपछि अगाडि आएर नाराबाजी गरेका छन् ।

    संसदमा राप्रपाको अवरोध जारी रहेका कारण बैठक अघि बढ्न सकेको छैन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार