बिहीबार , वैशाख २७ गते २०८१

रास्वपा कार्यालयमा साइकल निषेध ! पुष्कर शाह भन्छन् `कोट भिरेर गएँ, भिजाउँदै फर्किएँ´

रास्वपा कार्यालयमा साइकल निषेध ! पुष्कर शाह भन्छन् `कोट भिरेर गएँ, भिजाउँदै फर्किएँ´

अखबार दैनिक
सोमबार, वैशाख १८ २०८०
  • रास्वपा कार्यालयमा साइकल निषेध ! पुष्कर शाह भन्छन् `कोट भिरेर गएँ, भिजाउँदै फर्किएँ´

    काठमाडौँ । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा साइकल निषेध गरिएको बताएका छन् ।

    images

    पार्टी उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डिपी अर्यालले निमन्त्रणा गरेर कार्यालय पुगेको बताएका शाहले सुरक्षा गार्डले मोटरसाइकल र गाडी छिराउन मिले पनि साइकल नमिल्ने बताएको उल्लेख गरेका छन् ।

    उपाध्यक्ष अर्याललाई फोन गर्दा नउठेपछि आफू भिज्दै निस्केको शाहको गुनासो गर्दै आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, 

    ‘घन्टी घरको कथा ‘
    माननीय डि पि अर्याल : राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षले
    चिया गफको लागि बिहान निम्ता दिनुभएको थियो ।अध्यक्ष ज्युलाई नि भेट्नु पर्‍यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धारा पुगेँ । पालेज्युले साइकललाई घन्टी घर भित्र प्रबेश छैन भन्नु भो । ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ । भित्र मोटर साइकल चै छिर्न दिइएको रैछ । मैले त्यो बारे प्रश्न गरेँ । पालेले गाडी र मोटर साइकल त पाउँछ भने । पालेज्युको आदेश मानेर म बाहिर निस्केँ । माननिय डि पि अर्याललाई फोन गरेँ : फोन उठेन । थोत्रो कोट भिजाउँदै घर फर्केँ । झ्याक्ने साइकले जिन्नगी 😢´

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ