काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीरको नेतृत्वमा भइरहेको प्रदर्शनमा विभिन्न राजनीतिक दल र सामाजिक व्याक्तित्वहरुले समर्थन जनाउँदै आएका छन् ।
आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र स्वास्थ्य अभियन्ता गोविन्द केसीले माइतीघर मण्डला पुगेर उनको धर्नामा सहभागिता जनाउँदै ऐक्यबद्धता जनाएका छन् ।
शुक्रवारदेखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रेका पुनले विकास बजेटको ए प्रतिशत रकम आस्विस्कारको लागि छुट्टाउनुपर्ने माग अघि सारेका छन् ।