तनहुँ । तनहुँ क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा.स्वर्णिम वाग्लेको अग्रता कायमै छ । पछिल्लो मतपरिणाम अनुसार १९७९९ मत गणनना हुँदा वाग्लेले १०५३७ मत प्राप्त गरेका छन् भने कांग्रेसका गोविन्द भट्टराईको ५३३६ मत ल्याएका छन् ।
त्यस्तै एमालेका सर्वेन्द्र खनालले ३२९१ मत प्राप्त गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।