शुक्रबार, कात्तिक ३० गते २०८१

चितवनमा तनाव भएपछि रविले भने– इतिहास बोकेको कुनै दल गुण्डागर्दीमा विश्वास गर्दैन

चितवनमा तनाव भएपछि रविले भने– इतिहास बोकेको कुनै दल गुण्डागर्दीमा विश्वास गर्दैन

अखबार दैनिक
आइतबार, वैशाख १० २०८०
  • चितवनमा तनाव भएपछि रविले भने– इतिहास बोकेको कुनै दल गुण्डागर्दीमा विश्वास गर्दैन

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का उम्मेदवार रवि लामिछानेले लोकतान्त्रिक पद्दतिमा विश्वास गर्न आग्रह गरेका छन् ।

    images

    चितवनको नयाँ किरण कमलकुसुम केन्द्रमा झडप भएपछि फेसबुक लाइभमार्फत स्वच्छ प्रतिस्पर्धा गर्न र भयरहित मतदान गर्ने वातावरण बनाउन सवैलाई आग्रह गरेका हुन् । उनले आफ्ना नेता कार्यकर्ता तथा प्रतिस्पर्धी दलहरुलाई पनि भयरहित निर्वाचन गराउन ध्यानाकर्षण गराएका छन् । उनले आफ्नो पार्टीबाट बुथमा खटिएका कार्यकर्तालाई पनि उत्तेजित नहुन विशेष आग्रह गरेका छन् । 

    ‘लामो इतिहास बोकेका दलहरुले हुलहुज्तमा विश्वास गर्दैनन्’, लामिछानेले भनेका छन् । उपनिर्वान मतदानका क्रममा आइतबार चितवनको नयाँ किरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार