शुक्रबार, कात्तिक ३० गते २०८१

भारत बन्यो विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक

भारत बन्यो विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक

अखबार दैनिक
बिहीबार , वैशाख ७ २०८०
  • भारत बन्यो विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक

    काठमाडौं– भारत विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक बनेको छ। उसले लामो समयदेखि विश्वको सबैभन्दा धेरै जनसंख्या भएको चीनलाई उछिनेको छ।

    images

    संयुक्त राष्ट्र जनसंख्या फन्ड (युएनएफपीए) को हालै प्रकाशित रिपोर्टअनुसार सन् २०२३ मा भारतको जनसंख्या १ अर्ब ४२ करोड ८६ लाख पुगेको छ। चीनको हालको जनसंख्या १ अर्ब ४२ करोड ५७ लाख भएको युएनएफपीएको रिपोर्टमा उल्लेख छ।

    युएनले सन् १९५० देखि नै जनसंख्याको अध्ययन गर्दै आइरहेको हो। युएनको तथ्यांकमा भारत र चीनको जनसंख्यामा ३० लाखको फरक देखिएको छ।

    भारतको हाल प्रति महिला बच्चा जन्माउने दर करिब २.० रहेको छ। युएनएफपिएको रिपोर्ट अनुसार भारतको एक चौथाई जनसंख्या ०–१४ उमेर समूह, १०–१९ उमेर समूह १८ प्रतिशत, १०–२४ उमेर समूह २६ प्रतिशत, १५–६४ उमेर समूह ६८ प्रतिशत र ६५ देखि माथि ७ प्रतिशत रहेको छ।

    भारतमा एउटा पुरुषको औसत आयु ७१ वर्ष र महिलाको ७४ वर्ष छ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार