काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सांसद विना जैसवालले प्रतिनिधि सभा बैठकमा गायत्री मन्त्र वाचन गर्दै हिन्दु राष्ट्र नेपालको माग गरेकी छिन् । मंगलबार प्रतिनिधि सभा बैठकमा उनले गायत्री मन्त्र वाचन गर्दै कुनै पनि धर्ममा भेद नरहेको सबै धर्म समान रहेको भन्दै नेपाल हिन्दु राष्ट्र हुनुपर्नेमा जोड दिइन् ।
उनले मन्त्र वाचनपछि भनिन्–‘यदि देश र जनताप्रति इमानदार र निष्ठावान् बन्न यस सदनमा ईश्वरको नाममा शपथ खान सकिन्छ भने देशको वातावरण सुधार होस, भ्रष्टाचार कम होस भनेर यस मन्त्रको जहाँ पनि भन्न सकिन्छ । आइ स्ट्रोङली बिलिभ इन अल द रिलिजन आर सेम । इन फ्याक्ट माइ ड्यु रेस्पेक्ट अल द रिलिजन बट माई रिलिजन इज माई प्राइड । कुनैपनि धर्ममा भेद छैन, मान्छेको मनमा भेद छ । सर्वधर्म सम्पन्न हिन्दु राष्ट्र नेपाल कायम होस, जय श्रीराम धन्यवाद ।’