शुक्रबार, कात्तिक ३० गते २०८१

सेनिटरी प्याडको निर्यात २१९ प्रतिशत बढ्यो

सेनिटरी प्याडको निर्यात २१९ प्रतिशत बढ्यो

अखबार दैनिक
सोमबार, वैशाख ४ २०८०
  • सेनिटरी प्याडको निर्यात २१९ प्रतिशत बढ्यो

    काठमाडौँ — नेपालबाट सेनिटरी प्याडको निर्यात २१९.२० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष साउनदेखि फागुनसम्म १ कराेड ७८ लाख ७४ हजार रुपैयाँ बराबरको ६३ लाख ६४  हजार १२४ वटा प्याड निर्यात भएको थियो भने चालु आर्थिक वर्ष सोही अवधिमा ५ करोड ७० लाख ५५ हजार रुपैयाँ बराबरको २ करोड ९ लाख ९८ हजार ४४४ वटा निर्यात भएको भन्सार विभागले जनाएकाे छ ।

    images

    चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले करमा ९० प्रतिशत छुट दिँदै आयातलाई नै प्रोत्साहन गरेको थियो । यद्यपि आयात घट्न गई निर्यात बढेको छ । पछिल्ला पाँच वर्षको तुलनामा यस वर्षको निर्यात उच्च रहेको भन्सार विभागको तथ्यांक छ । आर्थिक वर्ष ०७६/०७७ मा ८९ लाख ७९ हजार रुपैयाँ बराबरको प्याड निर्यात हुँदा आर्थिक वर्ष ०७७/०७८ मा १ करोड ५ लाख ४८ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।

    गत आर्थिक वर्ष साउनदेखि फागुनसम्म ८४ करोड २६ लाख ७८ हजार बराबरको ९ करोड ८९ लाख ४४ हजार ६३८ वटा प्याड आयात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा ५७ करोड ५६ लाख ९७ हजार बराबरको ६ करोड २९ लाख ६२ हजार ६३१ वटा आयात भएको विभागले जनाएको छ । स्वदेशमै उत्पादन बढ्दा सेनिटरी प्याडको निर्यात बढ्न गई आयात समेत केही मात्रामा घट्न गएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार