शुक्रबार, कात्तिक ३० गते २०८१

रविले मागे श्रीमतीसँग माफी

रविले मागे श्रीमतीसँग माफी

अखबार दैनिक
बिहीबार , चैत ३० २०७९
  • रविले मागे श्रीमतीसँग माफी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको पछिल्लो राजनीतिक घटनाक्रममा आफ्नो पत्नी निकिता पौडेललाई ‘अनावश्यक’ जोडिएकोप्रति आक्रोश पोखेका छन् ।

    images

    बुधबार राति सामाजिक सञ्जालमार्फत रविले बिना आधार आफ्नो श्रीमतीलाई जोडिएको बताएका छन् । “एक आफैँमा योग्य, सक्षम महिला जसलाई आफ्नो श्रीमान्को प्रगतिबाहेक राजनीतिमा केही लिनु दिनु छैन । कायरहरू उसमाथि खनिएका छन् । बिना आधार, बिना प्रमाण कायरतापूर्वक गरिएको आक्रमणको हिसाब राखेका छौँ,” उनले फैसबुकमा लेखेका छन् ।

    रविले निराधार राखिएका समाचार र पोस्टहरू नहटाए कडा कानुनी प्रक्रियामा जाने चेतावनीसमेत दिएका छन् ।

    “निराधार राखिएका समाचार र पोस्टहरू नहटाए कडा कानुनी प्रक्रियामा जान्छौँ,” पत्नी निकिता पौडेललाई मेन्सन गर्दै उनले लेखेका छन्, “बिना कारण तिमीले सहनुपरेको बद्नामी र तनावप्रति कायरहरूको तर्फबाट म क्षमा चाहन्छु । न पिर गर, हामी यो घेराबन्दी तोड्नेछौँ, हामी जित्नेछौँ । आई लभ यू ।”

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार