काठमाडौं, २९ चैत । बुधबार शेयरबजार परिसूचक नेप्से उच्च अंकले बढेको छ । आज नेप्से ९२.२२ अंकले बढेर १९६३.५५ अंकमा पुगेको छ ।
आज कुल २१८ वटा कम्पनीको कुल ६१ लाख ७ हजार ४२५ कित्ता शेयर १ अर्ब ९७ करोड ६० लाख ७६ हजारमा किनबेच भयो ।
आज कारोबार भएका १३ वटै उपसमूहको सूचक बढेको छ । आज सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक ६.८४ प्रतिशतले बढेको छ ।