शुक्रबार, कात्तिक ३० गते २०८१

नयाँ वर्षको उपलक्ष्यमा ग्लोबल आइएमई ग्राहकले दराजबाट सामानकिन्दा १० % छुट

नयाँ वर्षको उपलक्ष्यमा ग्लोबल आइएमई ग्राहकले दराजबाट सामानकिन्दा १० % छुट

अखबार दैनिक
मंगलबार, चैत २८ २०७९
  • नयाँ वर्षको उपलक्ष्यमा ग्लोबल आइएमई ग्राहकले दराजबाट सामानकिन्दा १० % छुट

    चैत्र २८ काठमाडौं । ग्लोबल आइएमई ग्राहकले दराजबाट सामानकिन्दा नयाँ वर्षको उपलक्ष्यमा १० प्रतिशत छुट ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई नयाँ वर्षको उपलक्ष्यमा दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ । 

    images


    यस छुट योजना अन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिसा डेबिट वा क्रेडिटकार्ड प्रयोग गरी दराजबाट अनलाइन मार्फत सामान खरिद गर्दा कुल खरिदको ८ देखि १० प्रतिशतसम्म छुट पाउनेछन् । 

    बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले ८ प्रतिशत वा ७५० रुपैयाँसम्म र क्रेडिट कार्डप्रयोगकर्ताहरुले १० प्रतिशत वा १,००० रुपैयाँसम्म छुट पाउनेछन् । छुट पाउनका लागि प्रयोगकर्ताहरुले दराज एपबाट ग्लोबल आइएमई बैंकको छुटभौचर लिनुपर्नेछ । एक जनाले एक चोटी मात्र छुट पाउनेछन् ।

    बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत्र २८ देखि २०८० बैसाख १ गतेसम्म मान्य रहनेछ । यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानीलाई प्रवर्द्धन गर्नु हो ।बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएरग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ । 

    ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलोवाणिज्य बैंक हो । मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६४ शाखाकार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलनकाउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार