मंगलबार, वैशाख १० गते २०८२

काठमाडौंका मेयरलाई गृहमन्त्री श्रेष्ठको प्रश्न : सिंहदरबारको फोहोर उठाउँदिनँ भन्न मिल्छ ?

काठमाडौंका मेयरलाई गृहमन्त्री श्रेष्ठको प्रश्न : सिंहदरबारको फोहोर उठाउँदिनँ भन्न मिल्छ ?

श्रेष्ठले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर काठमाडौं महानगर प्रमुखले सार्वजनिक रूपमा भन्न मिल्छ भन्दै प्रश्न गरेका हुन्।

अखबार दैनिक
सोमबार, चैत २७ २०७९
  • काठमाडौंका मेयरलाई गृहमन्त्री श्रेष्ठको प्रश्न : सिंहदरबारको फोहोर उठाउँदिनँ भन्न मिल्छ ?

    काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको भनाईप्रति आपत्ति जनाएका छन् । सोमबार चितवनमा पुगेका गृहमन्त्री श्रेष्ठले काठमाडौं महानगर प्रमुखले सार्वजनिक रूपमा सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर भन्न मिल्छ भन्दै प्रश्न गरेका हुन्। 

    images

    उनले भने, ‘महानगरको मेयरले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन ? अझ सार्वजनिक र सामाजिक सञ्जालमा यसरी भन्न मिल्छ कि मिल्दैन ?’

    मेयर शाहले शनिबार फेसबुकमार्फत सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए। सोमबार बिहान प्रधानमन्त्री र गृहमन्त्रीको तस्बिर राख्दैसाहले १४ बुँदामा कारण उल्लेख गर्दै बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नु परेको बताएका छन्।

    जवाफमा गृहमन्त्री श्रेष्ठले यसले महानगरपालिका र मेयरलाई समाजको अगाडि कसरी प्रस्तुत हुने सोच्नुपर्ने धारणा राखे। 

    उनले केन्द्र सरकारले स्थानीय सरकारले अस्तित्व स्वीकार नगरेको बताएका थिए। उनले भनेका छन्, ‘जुन सरकारले अर्को सरकार र जनप्रतिनिधिको कुरा सुन्दैन, बुझ्दैन र प्राथमिकतामा पार्दैन भने त्यसलाई एकअर्काको अस्तित्व स्विकारेको भनेर कसरी मान्ने ? संघीय सरकार संघीयताको सुदृढीकरणमा छ भन्ने कसरी मान्ने ?’

    जवाफमा गृहमन्त्री श्रेष्ठले स्थानीय र प्रदेश सरकारसँग संघीय सरकारले समन्वय गर्न आफूहरु प्रतिवद्ध रहेको बताए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ