बिहीबार , कात्तिक २९ गते २०८१

सरकारलाई एमालेको प्रश्न : ९१ दिनमा संसदको २१ वटा मात्रै बैठक किन ?

सरकारलाई एमालेको प्रश्न : ९१ दिनमा संसदको २१ वटा मात्रै बैठक किन ?

अखबार दैनिक
सोमबार, चैत २७ २०७९
  • सरकारलाई एमालेको प्रश्न : ९१ दिनमा संसदको २१ वटा मात्रै बैठक किन ?

    काठमाडौं । नेकपा एमालेले संसदको बैठकहरु पर्याप्त नराखिएको र राखिएको बैठकलाई पनि उपलब्धीपूर्ण बनाउन नसकेको भन्दै सरकारको आलोचना गरेको छ ।

    images

    सोमबार प्रतिनिधिसभामा विशेष समयमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रतिनिधिसभाको पहिलो बैठक बसेको ९१ दिन पुगेको र यसबीचमा २१ वटा मात्रै बैठक बसेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए ।

    ४ मंसिरमा सम्पन्न चुनावबाट निर्वाचित भएको प्रतिनिधिसभा सदस्यहरुले ७ पुसमा शपथ ग्रहण गरेका थिए । २५ पुसमा प्रतिनिधिसभाको पहिलो बैठक बसेको थियो । यसबीचमा जम्मा २१ वटा बैठक बसेको उल्लेख गर्दै गिरीले भने, ‘२१ वटा बैठक बस्दा पनि उपलब्धी के भयो ? एउटा पनि ऐन निर्माण गर्न सकिरहेका छैनौं ।’

    प्रतिनिधिसभामा पेश भएका विधेयकहरु पनि अगाडि बढ्न नसकेको भन्दै गिरीले थपे, ‘पेश भएका विधेयकहरुमाथि सैद्धान्तिक छलफल भए । तर, संसदीय समिति बनाएर अगाडि लैजान सकिरहेका छैनौं’ उनले भने ।

    देशको अर्थतन्त्रबारे सबैतिर चिन्ता प्रकट भइरहेको भन्दै उनले सरकारलाई यसबारे सदनलाई जानकारी गराउन पनि आग्रह गरे ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार