शुक्रबार, मंसिर ७ गते २०८१

नेपाली रेल वैशाखदेखि दैनिक चारपटक सञ्चालन हुने 

नेपाली रेल वैशाखदेखि दैनिक चारपटक सञ्चालन हुने 

अखबार दैनिक
आइतबार, चैत २६ २०७९
  • नेपाली रेल वैशाखदेखि दैनिक चारपटक सञ्चालन हुने 

    दैनिक दुईपटक कुर्था–जनकपुरधाम–जयनगर सञ्चालन हुने नेपालको एक मात्र रेलवे सेवा आगामी वैशाखदेखि दैनिक चारपटक सञ्चालन हुने भएको छ । यात्रुहरूको चाप तथा नेपाल रेलवेको कम्पनीको घाटा कम गर्ने उद्देश्यले आगामी  वैशाख १ गते देखि रेल चारपटक सञ्चालन गर्ने तयारी भएको कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । 

    images

    रेलवे कम्पनीको वैशाख १ गते देखि बिहानको प्रथम सेवा कुर्थाबाट बिहान सात बजे छुटेर सवा नौ बजे जयनर पुग्नेछ । जयनगरबाट बिहान साढे नौ बजे छुटेर बिहान साढे ११ बजे कुर्था फर्किनेछ । त्यसैगरी, कुर्थाबाट फेरि मध्याह्म दुई बजेर ४५ मिनेटमा छुटेर चार बजेर ४५ मिनेटमा जनयनगर पुग्नेछ भने जयनगरबाट साँझ पाँच बजे छुटेर साँझ सात बजे कुर्था फर्किने गरी रेलवेको समय निर्धारण गरिएको महाप्रबन्धक झाले जानकारी दिए । 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ