शुक्रबार, मंसिर ७ गते २०८१

शेयर बजारमा सामान्य अंकको सुधार, कारोबार रकम भने घट्यो

शेयर बजारमा सामान्य अंकको सुधार, कारोबार रकम भने घट्यो

अखबार दैनिक
बुधबार, चैत २२ २०७९
  • शेयर बजारमा सामान्य अंकको सुधार, कारोबार रकम भने घट्यो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारका चौथो दिन बुधबासामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ८.३९ अंकले बढेर एक हजार ८ सय ७५ दशमलब ०७ विन्दुमा पुगेको छ ।    

    images

    त्यस्तै, आज ८१ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज कारोबार भएका १४६ कम्पनीको शेयरमूल्य बढेको छ भने ६४ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २८३.५० रुपैयाँ पुगेको छ ।      

    नेप्सेका अनुसार सिटिजन्स म्युचुअल फण्ड १ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७.१४ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम सिमेन्टको भएको छ । यस कम्पनीको आज ६ करोड ४३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।                          

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ