शुक्रबार, मंसिर ७ गते २०८१

सुन तोलाको १ लाख ११ हजार 

सुन तोलाको १ लाख ११ हजार 

अखबार दैनिक
बुधबार, चैत २२ २०७९
  • सुन तोलाको १ लाख ११ हजार 

    चैत्र २२ काठमाडौं : नेपाली बजारमा बुधबार सुन तोलामा २ हजार रूपैयाँले बढेको छ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार रूपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रूपैयाँमा कारोबार भएको थियो।

    images

    यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख १० हजार ४५० रूपैयाँ निर्धारण भएको छ। मंगलबार तेजावी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

    महासंघका अनुसार आज चाँदी तोलामा ४० रूपैयाँले बढेर प्रतितोला १ हजार ४४० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो। 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ