काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले त्रिविवि शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव सोमबार बिहान अस्पताल पुग्नुभएको हो । उपराष्ट्रपतिले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।
पेट दुख्ने समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखिएको छ।