शुक्रबार, कात्तिक २३ गते २०८२

आजै मन्त्रिमण्डल विस्तार गरेर शपथग्रहण गराउने लक्ष्य छः प्रधानमन्त्री प्रचण्ड

आजै मन्त्रिमण्डल विस्तार गरेर शपथग्रहण गराउने लक्ष्य छः प्रधानमन्त्री प्रचण्ड

अखबार दैनिक
बिहीबार , चैत १६ २०७९
  • आजै मन्त्रिमण्डल विस्तार गरेर शपथग्रहण गराउने लक्ष्य छः प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको बताएका छन्। 

    भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आज साँझ सम्म मन्त्रिमण्डल विस्तारको तयारी रहेको बताए। 

    ‘सकेसम्म आजै मन्त्रिमण्डल विस्तार गरेर शपथग्रहण गराउने मेरो लक्ष्य छ। आज सकिएन भने भोलि बिहान होला। काम हाम्रो सकिएको छ। एकदुईवटा मन्त्रालय मिलाउन बाँकी छ। अरु टुंगिएको छ,’ उनले भने। 

    नेपालको राजनीतिक स्थायित्व र विकासलाई नयाँ गति दिन आफू प्रधानमन्त्री भएको उनले बताए। 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ