काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने भएका छन् ।
आज बस्ने सत्ता गठबन्धनको बैठक अगाडीनै लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेट्न लागेका हुन् । बालुवाटारमा मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका लामिछानेले आजै आफूले प्रधानमन्त्रीलाई भेट्न लागेको बताएका छन् ।
आफ्नो भन्दा पीडितहरूको कुरा पहिले प्रधानमन्त्री समक्ष राख्ने बताउदै लामिछानेले रास्वपा सरकारमा जाने समेत संकेत गरेका छन् । रास्वपाले आफुले यसअघि पाएको गृह मन्त्रालयसहितका मन्त्रालय नपाए सरकारमा नजाने अडान लिएको बेला प्रधानमन्त्रीसँग छलफल गर्न लागेका हुन् ।
सत्ता गठबन्धनको आज ४ बजे बैठक बसेर भागबण्डा मिलाउने तयारी गरेका छन् ।